निषेधाज्ञाकै दिन २५ अंकले बढ्यो नेप्से , चार अर्बको सेयर खरिद बिक्री
काठमाडौं , बैशाख १६ । निषेधाज्ञाकै दिन शेयर बजार बढेकोे छ । अघिल्लो दिन १४ अंकले घटेको नेप्से साताको अन्तिम कारोवार दिन आज बिहिबार २५ दसमलव ८२ अंकले बढेर २६ सय ११ दसमलव १० बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि तीन दसमलव ९१ अंकले बढेर चार सय ६९ दसमलव दुई बिन्दुमा चढेको छ ।
दुई सय १७ वटा कम्पनीहरुको ५० हजार छ सय ७३ पटकको कारोवारमा ९८ लाख १८ हजार ४६ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम चार अर्ब ३५ करोड ७० लाख १९ हजार दुई सय ४९ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोवार हुंदा होटल तथा पर्यटन र लगानी समुहको सामान्य अंकले घटेपनि बाँकी समुहको सुचक भने उच्च अंकले बढेकाछन् ।
जसमध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ५५ अंकले बढेर १७ सय ७४ दसमलव १६ बिन्दुमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ८० दसमलव दुई अंकले बढेर २५ सय ७५ दसमलव ३३ बिन्दुमा चढेको छ ।
यि बाहेक बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन् ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको सिंगटी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर तीन सय ६३ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य दुई दसमलव ८२ प्रतिसतले घटेर दुुई सय ४१ रुपैयाँमा कारोवार भएको छ ।
यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल क्रेडिट एण्ड कर्मस बैंक ९एनसीसी० को प्रतिकित्ता तीन सय ५२ रुपैयाँ अन्तिम मुल्यमा ३० करोड ९६ लाख ९४ हजार पाँच सय ७० रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया दिनुहोस्