यस वर्ष पनि सरकार पूँजीगत खर्च गर्नमा चुक्यो

काठमाडौं, बैशाख १६ । सरकार यसवर्ष पनि पूँजीगत खर्च गर्न चुकेको छ।

चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा सरकारले मात्र १ खर्ब ५ अर्ब ७२ करोड ६८ लाख रुपैयाँ पूँजीगत खर्च गरेको छ।

यो वर्ष पूँजीगततर्फ ३ खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

तर, अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने यस वर्ष पूँजीगत खर्च २. ४६ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्