स्थानीय तहको निर्वाचनपछि रौतहटमा गोली हानी हत्या

काठमाडौं । स्थानीय तहको निर्वाचनपछि रौतहटमा दुुई जनाको हत्या भएको छ ।

जिल्लाको मध्यपश्चिम परोहा नगरपालिका–५ का नेपाली काँग्रेसका पराजित उम्मेदवारका शेख सेराजका छोराको गोली हानी हत्या भएको छ । वडा अध्यक्षका पराजित सेराजका ३२ वर्षीय छोरा शेख स्वयव अक्बरको अज्ञात समूहले गएराति गोली हानेर हत्या गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुुसार आज बिहान करिब ३.३० बजे आफ्नै घरको बरण्डामा सुतिरहेको समयमा अज्ञात समूहले अक्बरको छातिमा दुुई गोली हानेका थिए ।

अक्बरको घटनालगतै उपचारको लागि जिल्ला अस्पताल गौर लैजाने क्रममा बाटोमै मृत्युु भएको थियो ।
घटनामा संलग्न रहेको आशंकामा दुुईजनालाई नियन्त्रणमा लिएको र थप अनुुसन्धान भइरहेको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्