नेप्सेमा पुन हरियाली : एकै दिन ९२ अंकले बढ्यो

काठमाडौं , बैशाख १४ । नेप्सेमा पुन हरियाली छाएको छ । अघिल्ला दिनहरुमा उच्च अंकले घटेको नेप्से आज मंगलबार ९२ दसमलव ४६ अंकले बढेर २५ सय ९९ दसमलव सात बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि १४ दसमलव ४८ अंकले बढेर चार सय ६७ दसमलव २८ बिन्दुमा चढेको छ ।

दुई सय १६ वटा कम्पनीहरुको ६५ हजार पाँच सय ५८ पटकको कारोवारमा एक करोड दुई लाख दुई हजार दुई सय १९ कित्ता सेयर किनबेच भएकाछन् । उक्त परिमाणममा सेयर किनबेच हुंदा कुुल कारोवार रकम पाँच अर्ब १० करोड ९० लाख ९६ हजार नौ सय ५७ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा १३ वटै समुहको सुचक बढेर नेप्सेमा पुरै हरियाली देखिएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ४५ दसमलव १३ अंकले बढेर १७ सयमा ८० दसमलव ६९ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि एक सय ५३ दसमलव आठ अंकले बढेर २५ सय १४ दसमलव दुई अंकमा चढेको छ ।

निर्जिवन बीमा समुहको सुचक पनि पाँच सय ४३ दसमलव २७ अंकले बढेर १२ हजार आठ सय ९९ दसमलव ७२ अंकमा चढेको छ भने बिकास बैंक, लघुबित्त, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको अपरतामाकोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर आठ सय ४७ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको आईसीएफसी फाईनान्स ऋणपत्रको प्रतियुनिट सेयर मुल्य एक दसमलव ९४ प्रतिसतले घटेर ११ सय ६२ रुपैयाँमा कारोवार भएको छ ।

आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको अपरतामाकोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता आठ सय ४७ रुपैयाँ अन्तिम मुल्यमा २३ करोड ८२ लाख ६७ हजार आठ सय ३२ रुपैयाँमा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्