नेप्सेमा कोरोनाको प्रभाव: एकैदिन ६५ अंकले घट्यो
काठमाडौ , बैशाख १३ । कोरोना बढेसँगै यसको प्रभाव नेप्सेमा पनि देखिएको छ । देशको सबैजसो क्षेत्रमा कोरोना भाईरसका संक्रमितहरुको संख्या बढि रहेको छ । सरकारले त्यसलाई नियन्त्रण गर्नको लागि निशेधाज्ञाको तयारी गरेसँगै यसको नकारात्मक असर नेप्सेमा देखिएको छ ।
यसरी कोरोनाको प्रभाव शेयर बजारमा पर्दा लगानी कर्ता निराश भएका छन् । कोरोना महामारी बढेपछि अघिल्लो दिन ७५ अंकले घटेको नेप्से आज सोमबार पनि ६५ दसमलव ५८ अंकले घटेर २५ सय छ दसमलव ६१ बिन्दुुमा झरेको छ । सेन्सिटिभ पनि आज ११ दसमलव २५ अंकले घटेर चार सय ५२ दसमलव ७९ बिन्दुमा झरेको छ ।
आज दुई सय ४० वटा कम्पनीहरुको ८६ हजार ९२ पटकको कारोवारमा एक करोड २९ लाख ११ हजार सात सय २१ कित्ता सेयर किनबेच भएकाछन । उक्त परिमाणमा सेयर किनबेच हुँदा आज कुल कारोवार रकम छ अर्ब ५९ करोड नौ लाख २८ हजार दुई सय दुई रुपैयाँ पुगेको छ । आज १३ वटा समुहको कारोवार हुंदा सबै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ ।
जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ४० दसमलव ७३ अंकले घटेर १७ सय ३५ दसमलव ५७ बिन्दुमा झर्दा जलबिद्युत समुहको सुचक पनि ९९ दसमलव ४४ अंकले घटेर २३ सय ६० दसमलव ९४ बिन्दुमा झरेको छ । यि बाहेक जलबिद्युत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि उच्च बिन्दुले घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको बिशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९९ प्रतिसतले बढेर ३८ सय ३२ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको रिलायन्स फाईनान्सको प्रतिकित्ता सेयर मुल्य भने आठ दसमलव छ प्रतिसतले घटेर दुई सय २८ रुपैयाँमा कारोवार भएको छ ।
यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको अपरतामाकोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सात सय ७० रुपैयाँ अन्तिम मुल्यमा ३१ करोड ७४ लाख ५९ हजार नौ सय ३३ रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया दिनुहोस्