प्रभुको बैंकको नाफा ४४ प्रतिशतले बढ्यो
काठमाडौं , बैशाख १३ । प्रभु बैंकले तेस्रो चौमासिकको आफ्नो मुनाफा ४४ प्रतिशतले बढेको जनाएको छ ।
बैंकद्वारा सार्वजनिक चौमासिक प्रतिवेदन अनुसार गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४६ करोड मुनाफा गरेको थियो । अहिले बैंकको मुनाफा बढेर २ अर्ब १० करोड रूपैयाँ पुगेको छ । जसमध्ये वितरणयोग्य मुनाफा १. ५९ अर्ब रहेको बैंकले जनाएको छ ।
उक्त अवधिमा बैंकको खराव कर्जा १.४६ प्रतिशतबाट बढेर २.९५ प्रतिशत पुगेको छ । बैंकको कष्ट अफ फण्ड ४.९६ बाट बढेर ६.१८ प्रतिशत पुगेको छ भने बैंकको सीसीडी अनुपात ७३.७४ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्