सानिमा बैंक र माइती नेपालबीचको सम्झौता नवीकरण

काठमाडौं, बैशाख १२ । सानिमा बैंक लिमिटेड र माइती नेपालबीच थप दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ।

मानव बेचविखन र लैङ्गिक हिंसाविरुद्ध माइती नेपालको अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्ने भएको हो।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माइती नेपाललाई दश लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

सो समझदारीपत्रमा माइती नेपालको तर्फबाट संस्थापक अनुराधा कोइराला र बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईले हस्ताक्षर गरेका छन् ।

माइती नेपालले करिब तीन दशकदेखि महिला तथा बालबालिका बेचविखन विरुद्ध विभिन्न काम गर्दै आइरहेको छ।

सानिमा बैंकको देशभर ८६ शाखाहरु, १७ विस्तारित काउन्टर र ९६ एटिएम रहेका छन्।

प्रतिक्रिया दिनुहोस्