बजेटमार्फत आयकर घटाउन बैंकर्स संघको सुझाव
काठमाडौं, वैशाख १० । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले आगामी बजेटका लागि विभिन्न सुझाव दिएको छ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्न सरकारले विविध किसिमका छुटरसुविधाहरु ल्याउनुपर्ने संघको सुझाव छ।
सरकारले अनिवार्य गरेको निक्षेप तथा कर्जा सुरक्षणको लागि बैंक तथा वित्तीय संस्थाहरुले हाल ०.१६ प्रतिशत शुल्क तिरिरहेका छन्।
यो शुल्कमा ५० प्रतिशत कम गर्नुपर्ने संघको माग छ। यो शुल्क वित्तीय आवश्यकताका आधारमा लागू गर्नुपर्ने संघको सुझाव छ।
हालको ३० प्रतिशत आयकर चुरोट, मदिरा उद्योगलाई लाग्नेसरह भएको भन्दै संघले अन्य व्यवसायसरह २५ प्रतिशत कायम राख्न सुझाव दिएको छ।
विदेशी बैंक तथा वित्तीय संस्था वा ऋणदाताबाट विदेशी मुद्रामा लिएको ऋणको ब्याज भुक्तानी गर्दा ब्याजमा कर नलाग्ने व्यवस्था गर्न संघको माग छ।
प्रतिक्रिया दिनुहोस्