राष्ट्रियसभामा नयाँ नाम सिफारिस हुने

काठमाडौं   । सरकारले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको मन्त्रीपरिषदले राष्ट्रियसभामा मनोनयनका लागि राष्ट्रिपतिसमक्ष सिफारिस गरेका तीनजनाको नाम फिर्ता लिने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले यो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकपछि यस विषयमा औपचारिक रुपमा कुनै जानकारी गराइएको छैन ।

स्रोतहरुले सिफारिस तीन जनाको नाम फिर्ता लिने र नयाँ नाम सिफारिस गर्ने निर्णय गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्