सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया अगाडि बढ्यो , कहिले होला निष्काशन ?
काठमाडौं, चैत ३१ । नेपालमा पहिलो पटक बूक बिल्डिङ माध्यमबाट प्राथमिक शेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको प्रक्रिया विधिवत अगाडी बढेको छ ।
कम्पनीले बुक वील्डीङ विधि मार्फत शेयर निष्कासन गर्न लागेको छ । सर्वोत्तम सिमेन्टले बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक तथा एनआइबिएल एस क्यापिटल र प्रभु क्यापिटललाई सहायक बिक्रि प्रबन्धक चयन गरेको हो ।
कम्पनीले माघ ६ गतेको साधारणसभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । हाल कम्पनीको जारी पुँजी ४ अर्ब रहेको छ, जस मध्ये चुक्ता पुँजी ३ अर्ब ४० करोड रहेको छ । कम्पनीले ६० लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो ।
कम्पनीका अनुसार ६० लाख कित्तामध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइनेछ भने बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी गरिनेछ ।
कम्पनीले यही महिनाको अन्तिम सम्ममा शेयर निष्काशन गर्न सक्ने अनुमान लगाउन सकिन्छ । नेपालमा अहिले डिम्याट खाता खोल्नेको संख्या ३३ लाख नजिक पुगेको छ । एक वर्ष अघि ४ लाख हाराहारीमा रहेका लगानीकर्ता छोटो समयमा यति धेरै वृद्धि हुन पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्