रूरू जलविद्युतको शेयर बाँडफाँड २०७७ सालमा नहुने पक्का, अब कहिले ?
काठमाण्डौ , चैत ३१ । केही समय पहिला प्रीमियम प्राथमिक शेयर निष्कासन गरेको रु रु जलविद्युतको शेयर बाँडफाँड २०७७ सालमा नहुने पक्का भएको छ ।
कम्पनीको शेयर यही साताको शुक्रबार बाँडफाँड गर्ने गरी तयारी भइरहेको छ । यो साताको शुक्रबार नयाँ वर्ष २०७८ लागि सकेको हुने छ ।
विक्रि प्रबन्धकले दिएको जानकारी अनुसार आउँदो साता बाँडफाँड गर्ने गरी तयारी अगाडि बढिरहेको छ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार कम्पनीको शेयरमा १६ लाख ६९ हजार १९ आवेदनबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले सर्वसाधारणमा विक्रीमा ल्याएको शेयरको ६१.६८ गुणा धेरै हो ।
यो कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यो भनेको जोखिम महन गर्न सक्ने औषत रहेको जनाउँछ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्