एनएमबि बैंकको नयाँ वर्ष अफर, दराजबाट सामान किन्दा १५ सयसम्म छुट

काठमाडौं, चैत ३१ । एनएमबी बैंकले ग्राहकलाई नयाँ वर्षको अवसरमा दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ।

यसका लागि बैंकले दराजसँग सम्झौता गरेको हो।

एनएमबीका डेविट कार्डवहाकले दराज एपबाट सामान किन्दा १५ प्रतिशत वा एक हजारसम्म र क्रेडिट कार्डवहाकले २० प्रतिशत वा १५ सयसम्म छुट पाउने बताइएको छ।

बैंकले निकट भविष्यमा विभिन्न थप ब्रान्डहरुसँग सहकार्य गदै जाने बताएको छ। यो बैंकको १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टर छन्।

प्रतिक्रिया दिनुहोस्