सिटिजन्स बैंकका ग्राहकहरुले किङ्गस लाउञ्जमा विशेष छुट प्राप्त गर्ने
काठमाडौं, चैत ३० । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग स्थित किङ्गस् लाउञ्जबीच सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
किङ्गस ्लाउञ्जसँगको यो सहकार्य पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।साथै बैकले हालैमा USD E-Com कार्डको सुरुवात गरेको छ जस अन्तर्गत ग्राहकहरुले आफ्नो सिटिजन्स बैंक को खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी बार्षिक ५०० अमेरिकी डलर बराबर सम्मको रकम कार्डमालोड गर्न सक्नेछन् ।
यसरी लोड गरिएको रकम बिदेशी मुद्रामा अनलाईन मार्फत वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्न प्रयोग गर्न सक्नेछन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६७ वटा शाखा, ११३ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे नौ लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली च्यानलको माध्यम बाट प्रदान गरिरहेको छ ।
यसलाई मूर्त रुप प्रदानगर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्गएपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न Scan & Withdraw सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ ।
यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवापुग्ने विश्वास बैंकले लिएको छ ।व्यवसायिक ज्ञानको कमि, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसंग परिचित नहुनु तथा व्यवसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीलेलगानीयोग्य पुंजी सदुपयोग हुननसकेको परिस्थितिलाई न्युनिकरण गर्न यस बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरुका साथसाथै सुलभ र सहज तवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्