१६ वाटा कम्पनीको आईपीओ आउँदै, पूँजीबजारमा ५ अर्ब ८८ करोड ५० लाख थपिंदै
काठमाडौं, ३० चैत । विभिन्न कम्पनीहरुले साधारण शेयर (आईपिओ) ल्याउने तयारीमा रहेका छन् । यसको लागिख नेपाल धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्ने १६ वाटा कमप्नीहरु आपीओ जारी गर्ने अनुमती माग्न नेपाल धितोपत्र वोड पुगेको छ । यी १६ कम्पनीले ५ अर्ब ८८ करोड ५० लाख १८ हजार ५ सय रुपैयाँ बराबरको आइपीओ निष्कासन अनुमति मागेको नेपाल धितोपत्र वोर्डले जनाएका छ । यी सबै कम्पनीको आइपीओलाई बोर्डले अनुमति दिएमा बजारमा कुल ५ करोड ८८ लाख ५० हजार १८५ कित्ता सेयर बजारमा थपिने छ । आइपीओ निष्कासनका लागि अनुमति माग्नेमा अधिकांश कम्पनीहरु जलविद्युत समूहका रहेको । धितोपत्र बोर्डले जनाएको छ ।
पाइपलाइनमा रहेका मध्ये १२ जलविद्युत् समूहका कम्पनी रहेका छन् । २ लघुवित्त छन् । त्यस्तै, अर्को डिस मिडिया नेटवर्क र सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट पनि आइपीओ पाइपलाइनमा बसेको छ । यतिबेला दोस्रो बजार वृद्धि भइरहेकाले प्राथमिक बजारमा पनि निकै क्रेज छ । प्राथमिक बजारबाट दोस्रो बजार प्रवेश गर्ने लगानीकर्ताहरुको संख्या पनि ह्वात्तै वृद्धि भइरहेको छ ।
धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्ने अधिकांश कम्पनीले आफ्नो वार्षिक साधारण सभामार्फत आइपीओ निकाष्सन गर्ने पस्ताव पारित गरिसकेका छन् । प्राथमिक बजारमा आइपीओ जारी भएपछि सेयर कारोबारका लागि नेप्से तथा सीडीएसमा सूचीकरण गर्नुपर्छ । यसर्थ, आइपीओले पुँजी बजारको दायरा थप फराकिलो पार्ने गर्छ ।
पछिल्लो समय सर्वसाधारणमा आइपीओ आकर्षण अत्याधिक देखिएको छ । सामान्यतयः फेस भ्यालुमा लगानी गर्न पाइने भएकाले नयाँ लगानीकर्ताको आगमन पनि बढ्दो क्रममा छ । पछिल्लो समय आइपीओमा आवेदन दिनेको अधिकतम संख्या १८ लाख कटिसकेको अवस्था छ । सीडीएससीको पछिल्लो तथ्यांक अनुसार डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ३३ लाख ८३ हजार ६६९ पुगेको छ । तथापि, एकै जनाले दुई वटासम्म डिम्याट खाता खोल्न पाउने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्