सिद्धार्थ बैंकले गर्यो नेपाल आँखा अस्पताललाई सहयोग
काठमाडौ , चैत २६ । सिद्धार्थ बैंकले त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पताललाई सहयोग गरेको छ ।
टोकन सिष्टम लागु गर्नको लागि सहयोग स्वरुप पाँच लाख आर्थिक सहयोग गरेको बैंकले जनाएको छ । सो रकम बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरेका छन् ।
बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा अस्पतालले अस्पतालमा आउने सेवाग्राहीहरुको सुविधा तथा छिटो छरितो सेवा प्रदान गर्नको लागि अस्पतालका विभिन्न ब्लकहरुमा टोकन सिष्टम लागु गर्न उपयोग गर्नेछ ।उक्त सिष्टमले अस्पतालमा व्यवस्थित रुपमा सेवा प्रदान गर्न मद्दत पुग्ने पनि विश्वास बैंकले लिएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको । साथै आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ निरन्तरता दिदै जाने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्