ज्योति लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत , बुधबारबाट सेयर कारोबार हुने

काठमाडौं, चैत २३ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ । योसँगै भोलिबाट कम्पनीको सेयर कारोबार हुनेछ। कम्पनीको २ करोड २० लाख कित्ता सेयर सूचीकृत भएको हो ।

ज्योति लाईफको कम्पनी संकेतका रुपमा ‘जेएलआई’ रहनेछ । कम्पनीको सुरुआती मूल्य अर्थात पहिलो कारोबार मूल्य १२० रुपैयाँ २९ पैसादेखि ३६० रुपैयाँ ८७ पैसा प्रदान गरेको छ ।

कम्पनीले ६६ लाख कित्ता सेयर सर्वसाधारणलाई प्रदान गरेको थियो । १ करोड ५४ लाख कित्ता सेयर संस्थापक समूहको हो।

प्रतिक्रिया दिनुहोस्