मुल्य बढाएर उपभोक्ताको ढाड सेकेको भन्दै अनेरास्ववियूद्वारा आयल निगम घेराउ
काठमाडौँ, चैत २३ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरी वृद्धि गरेको छ । यसले गर्दाउपभोक्ता मारमा परेका छन् ।
निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रुपैयाँका दरले मूल्य वृद्धि गरेको छ ।
यता पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल आयल निगमको कार्यालय घेराउ गरिएको छ। अनेरास्ववियूले सोमबार मूल्य वृद्धिविरुद्ध निगमको कार्यालय घेराउ गरेको हो।
पटक–पटक इन्धनको मूल्य बढाएर उपभोक्ताको ढाड सेकेको भन्दै अनेरास्ववियूले विरोध गरेको हो। नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेल प्रतिलिटर रु १०३ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्