पेट्रोलियम पदार्थको मूल्यमा फेरी वृद्धि, उपभोक्ता मारमा
काठमाडौं, २३ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरी वृद्धि गरेको छ । यसले गर्दाउपभोक्ता मारमा परेको छ । निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रुपैयाँका दरले मूल्य वृद्धि गरेको छ । योसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धन र ग्यासको मूल्य भने उहि नै राखिएको जानकारी दिएको छ । गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो । निगमले प्रत्येक पटक पेट्रोलमा मुल्य वृसद्ध गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्