एशियनलाईफ इन्स्योरेन्स चौधौंं वर्षमा प्रवेश

काठमाडौं । एशियनलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालको तेह«ौं वर्ष पुरा गरी चौधौंं वर्षमा प्रवेश गरेको छ ।

२०६४ चैत्र २१ गतेबाट लिमिटेडले कारोबार प्रारम्भ गरेको थियो । चौधौं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले यहि २१ गतेदेखि वार्षिकोत्सव साप्ताहिक कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायीत्वसँग सम्बन्धि विविध कार्यक्रमहरु आयोजना पनि गरेको छ ।

वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायीत्वलाई विशेष प्राथमिकता दिई सितापाइला, काठमाण्डौंस्थित पुनर्वल सेवानामक सामाजिक संस्थालाई १ थान वाटर प्युरिफायर हस्तान्तरण गरिएको छ । साथै प्रदेश स्तरमा नै सामाजिक उत्तरदायीत्व अन्तर्गत समेट्ने गरी देशैभरको ४० वटा शाखा कार्यालयमा सामाजिक उत्तरदायीत्वको कार्यक्रम संचालन पनि गरिएको छ ।

देशभर रहेका १४६वटा शाखा उपशाखा मार्फत् जीवनबीमा सेवा प्रदान गरिरहेको यस कम्पनीले १३ वर्षको अवधिमा २०७७ फागुन मसान्तसम्ममा कुल ५लाख ६८हजार बीमालेख बिक्री गरी रु.२८अर्व ८६ करोड प्रिमियम संकलन गरेको छ। कम्पनीको जीवनबीमाकोष रु.२५ अर्ब ५० करोड र कूललगानी रु.२६ अर्ब १९ करोड रहेको छ ।

हालसम्म यस कम्पनीले एशियन सावधिक, अग्रिमभुक्तानी, आजीवन र म्यादी सहित २३ वटा जीवनबीमा योजनाको साथै १८ प्रकारका घातक रोगविरुद्धको रक्षावरणहुनेगरी ‘एशियनक्रिटिकल केयर’ ऐच्छिक सुविधा समेत प्रचलनमाल्याएको छ ।

कम्पनीको उपलब्धी हासिल गर्नमा समस्त ग्राहकवर्ग, अभिकर्ता, कर्मचारी, शेयरधनी महानुभावहरु,पत्रकार,शुभेच्छुक तथा नियामक निकायहरु श्री बीमा समिति, नेपाल धितोपत्रबोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी प्रति दर्शाउनु भएको विश्वास तथा सद्भाव प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्