कामना सेवा विकास बैंकद्वारा अटो व्यवसायीलाई क्युआर कोड वितरण
काठमाडौं, चैत २२ । कामना सेवा विकास बैंकले अटो व्यवसायीहरूलाई क्युआर कोड वितरण गरेको छ।
रुपन्देही बुटवलस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको रजत जयन्ती तथा २५ औं वार्षिक साधारणसभाको अवसरमा उक्त एसोसिएसनसँग आवद्ध अटो व्यवसायीलालाई बैंकले क्युआर कोड दिएको हो ।
नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्न र ग्राहक तथा व्यवसायीलाई सहज रूपमा डिजिटल बैकिङ सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ बैंकले एसोसिएसनमा आवद्ध ८२७ व्यवसायीमध्ये पहिलो चरणमा ५० व्यवसायीलाई क्युआर कोड वितरण गरेको हो ।
प्रतिक्रिया दिनुहोस्