प्रभु बैंक र नेपाल औषधि व्यवसायी संघबीच सम्झौता
काठमाडौं , चैत २० । नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश र प्रभु बैंक बीच बैंकिङ्ग साझेदारी गर्ने सम्झौता भएको छ ।
शुक्रबार लुम्बिनी बुद्ध गार्डेन रुपन्देहीमा एक समारोह बीच प्रभुका प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयालले क्यूआर कोड तथा डिजिटल बैंकिङ्गको महत्व तथा फाइदाहरु बारे जानकारी गराउँदै औषधि व्यवसायीहरुलाई क्यूआर कोडको वितरण गरे ।
नेपाल औषधि व्यवसायी संघका अध्यक्ष शिव ज्ञवालीले यस सम्झौताले आगामी दिनमा बैंक तथा ब्यवसायी बीच सुमधुर सम्बन्ध हुनुका साथै ब्यवसाय विस्तार तथा प्रबर्धनमा उल्लेख्य टेवा पुग्ने बताए ।
प्रतिक्रिया दिनुहोस्