नबिल बैंक र आर एण्ड डी इनोभेटिभबीच सम्झौता

काठमाडौं, चैत २० । नबिल बैंक र आर एण्ड डी इनोभेटिभबीच सम्झौता भएको छ । नबिल बैंक र आर एण्ड डी इनोभेटिभ सोलुसन्स प्रालिबीच कृषि प्राविधिकहरुलाई आवश्कताअनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर कृषि प्राविधिकहरुलाई सहयोग गर्ने स सम्बन्धि सम्झौता भएको हो ।

सम्झौतामा बैंकका प्रमुख निरजकुमार बस्नेत (डनिल) र प्रालिका अध्यक्ष सुनिता न्हेम्हाफुकीले हस्ताक्षर गरेका छन् ।साझेदारीसँगै नबिल बैंकले कृषि क्षेत्रमा उद्यमशीलता विकासको साथ प्राविधिक ज्ञानको मिश्रण गरी परम्परागत वित्तिय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नवीन सुरुवात बताएको छ ।

नबील बैंकले सुरु गरेको यस पहलले व्यापक रुपमा सफलता हासिल गर्दै भविष्यमा नेपालको वित्तिय लगानी प्रवृतिनै परिवर्तन गर्ने नबिल बैंकले आशा राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्