१२ अंकले बढ्यो नेप्से , ८ कम्पनीको मूल्यमा सर्वाधिक वृद्धि, सवा ७ अर्बको कारोबार

काठमाडौं , चैत १९ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १२ अंकले बढेको छ। अघिल्लो दिनभन्दा १२.८८ अङ्क अर्थात् ०.४९ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २६३१.९ अङ्कमा आज बजार बन्द भएको छ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २६४५।४९७४ र कममा २६१५.२५९७ पुगेको थियो। आज १४१८८३२३ कित्ता सेयर ७ अर्ब १३ करोड बढी रुपैयाँमा कारोबार भएर बजार बन्द भएको छ।

नेप्सेमा सूचिकृत कूल २१८ कम्पनीको सेयर किनबेच भएको हो। । नेप्सेसँगै कारोबार रकममा पनि बढोत्तरी भएको छ ।

आज नेप्सेमा ७ अर्ब २५ करोडको ९ लाख २४ हजारको कारोबार हुँदा १ करोड ४३ लाख ९० हजार ४७७ कित्ता सेयर किनबेच भएको छ । बुधबार बजारमा ६ अर्ब १६ करोडको कारोबार भएको थियो । बिहीबार नेप्सेले कायम गरेको तेस्रो उच्च विन्दु हो ।

आज सबैभन्दा धेरै सान्जेन जलविद्युत हाइड्रो, किसान लघुवित्त, युनाइटेड फाइनान्स लिमिटेड कम्पनी, लगायत ८ कम्पनीको मूल्य सर्वाधिक १० प्रतिशतको हाराहारीमा बढेको छ।

हाइड्रो इलेक्ट्रीसिटी इन्भेस्टमेन्ट, चन्दागिरी हिल्सको मूल्य सर्वाधिक घटेको छ।यसदिन अपर तामाकोशी हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी रकमको शेयर कारोबार भएको छ।

उक्त कम्पनीको रू २९ करोड ५६ लाख ३५ हजार बराबरको शेयर कारोबार भएको हो।

सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य भने यो दिन २ दशमलव १२ प्रतिशत घटेको छ । प्रतिकित्ता रू १८ ले घटेर कम्पनीको अन्तिम शेयरमूल्य रू ८८० कायम भएको हो।

प्रतिक्रिया दिनुहोस्