महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि.को आठौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, चैत १८ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि.को आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभा अध्याय रिट्रिट रिसोर्ट बज्रवाराही मकवानपूरको सभाहलमा आज एक कार्यक्रमकाबीच सम्पन्न भएको हो । सभामा संस्थाका अध्यक्ष अमृतचरण श्रेष्ठले वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

राष्ट्रिय स्तरको कार्य क्षेत्र र १३ करोेड ३१ लख चुक्तापूँजी रहेको यस वित्तीय संस्थाले आ.व.२०७६/०७७ को नाफा र संचित मुनाफाबाट १० प्रतिशत बोनश शेयर वितरण गर्ने, आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिबेदन र सोहि अवधि सम्मको नाफा नोक्सान पारित गर्नुका साथै आ.व.२०७७/०७८का लागि लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

सम्पन्न साधारण सभाबाट रिक्त २ जना सर्वसाधारण शेयरधनीका तर्फको संचालकमा सरिता श्रेष्ठ र दिपक नरसिंह श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएकोछ ।

यस वित्तीय संस्थाले नेपालका २१ जिल्लामा ३४ वटा शाखा मार्फत अतिदुर्गम र पिछडिएका समुदायलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्