आज थप १६२ जनामा कोरोना संक्रमण पुष्टि , ५९ जना निको भए , अहिलेसम्म कतिले गुमाए ज्यान ?

काठमाडौं , चैत १८ । नेपालमा पछिल्लो २४ घण्टामा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर तीन हजार ९१९ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा १६२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ ।

नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोभिड–१९ का कारण तीन हजार ३० जनाले ज्यान गुमाइसकेका छन् ।

यसैगरि हाल क्वारेन्टिनमा ५९ जना छन् भने आइसोलेसनमा एक ४९३ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

छिमेकी जिल्ला भारतमा कोरोना ह्वात्तै बढ्दा यता नेपालमा पनि संक्रमित केहिदिन यता बढ्दै जान थालेको छ । भारतबाट फर्किएकाहरुमा कोरोना पुष्टि भएको हो । विषेश सावधानी अपनाउन आग्रह गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्