तीन लघुवित्तको आईपीओ आउदै ! कस्को कति कित्ता ?
काठमाडौं , चैत १२ । आईपीओमा लगानीकर्ताको आकर्षण बढिरहेको अवस्थामा तीन लघुवित्त संस्थाले आईपीओ निष्कासन गर्ने भएका छन् । जाल्पा सामादायिक लघुवित्त, जीवन विकास लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले आईपीओ निष्कासन गर्ने भएका हुन् ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था
मनकामना स्मार्ट लघुवितत्त वित्तीय संस्था लिमिटेडले ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।
जीवन विकास लघुवित्त वित्तीय संस्था
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाले १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ आईपीओ निष्कासन गर्नेछ । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।
जाल्पा सामादायिक लघुवित्त वित्तीय संस्था
जाल्पा सामादायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि ५ करोड बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।
संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ ।
प्रतिक्रिया दिनुहोस्