जान्नुहोस् गर्मीमा खरभुजा खानुका फाइदा

काठमाडौं, चैत ११ । स्वास्थ्यको लागि फलफुल खान निकै राम्रो मानिन्छ । तर सिजन अनुसार र कति बेला कुन र कसरी खाने भन्नेमा भर पर्छ ।

गर्मीमा होस या जाडोमा हामीले नियमीत फलफुल खाइरहनु पर्ने हुन्छ । आज हामी तपाईहरुलाई गर्मिमा खरभुजा खानाले के फाइदा हुन्छ भन्ने बारेमा भन्न गइरहेकाछौ ।

गर्मिमा शररीरलाई फ्रेस राख्न फलफूल निकै फाइदा जनक मानिन्छ । अब गर्मी मौसम लागेसगैँ बजारमा खरभुजा छ्याछ्याप पाउन थालिसकेको छ । गर्मीमा झोलिलो पदार्थ सेवन गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

त्यसमा पनि यो मौसममा खरबुजा खानुको मज्जै बेग्लै हुन्छ ।तपाई हामीलाई पनि बहिर गर्मिमा अरु खाना भन्दा खरभुजा नै खान मन पर्छ । गर्मीमा खरभुजा शरीरको लागि धेरै फाइदाकारी मानिन्छ । यसले शरीरमा पानीको मात्रा पूर्ति गर्नुका साथै छालामा चमक ल्याउछ ।

गर्मीमा कोल्ड ड्रिङक्स पिउनुभन्दा खरभुजा खानु उत्तम हुन्छ।९० प्रतिशत पानीले भरपुर खरबुजा गर्मीमा तिर्खा मात्र मेटाउँदैन, बरु यो स्वास्थ्यका लागि पनि कमालको फल हो ।

जान्नुहोस् गर्मीमा खरभुजा खानुका फाइदा

१– खरभुजाले शरीरका अनेक प्रकारका क्यान्सर निको बनाउने अनुसन्धानबाट पता लागेको छ । यसले प्रोटेस्ट क्यान्सर, ब्रेस्ट क्यान्सर लगायत पेटको क्यान्सरका लागि फाइदाजनक हुन्छ ।

२– यसमा क्यालोरीको मात्रा निक्कै कम हुने हुँदा शारीरिक तौललाई घटाउनमा सहयोग गर्छ ।

३– खरभुजा खानाले शरीरिक फाइदा पु¥याउनुका साथै छालामा चमक ल्याउँछ । खरभुजा अनुहारमा लगाउनाले चमक आउँछ।

४– खरभुजा खानाले किड्नीको रोगीका लागि पनि भरपुर रुपमा फाइदा हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्