करिब ३० लाख मानिसलाई बाथ रोगको समस्या

 

काठमाडौँ २६ असोज। देशमा करिब ३० लाख मानिसलाई बाथ रोगको समस्या पाइएको छ । विश्व स्वास्थ्य संगठन र विभिन्न स्वास्थ्य रिपोर्टहरूका अनुसार रोगीको संख्या ३० लाख पुगेको हो।

नेपाल बाथरोग मैत्री समाजद्वारा विश्व वाथ रोग दिवसका अवसरमा आज आयोजित कार्यक्रममा आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्रका प्रमुख डा बुद्दी पौडेलले नेपालमा बाथरोगको वर्तमान अवस्थाबारे बताउँदै बाथरोग केवल वृद्धवृद्धामा मात्र नभई
सबै उमेर समूहलाई असर गर्ने तथा बालबालिका र युवा समस्यामा रहेको जानकारी दिनुभयो।समयमै उपचार नगरिएमा शरीरका जोर्नीहरू बांगिने, कुरूप हुने र स्थायी रूपमा कमजोर बन्ने जोखिम हुने उहाँले बताउनुभयो।

पाटन अस्पतालका बाथरोग विशेषज्ञ डा केशव सिग्देलले जाडो मौसममा बाथका बिरामीहरूको दुखाइ बढ्ने र पछिल्ला वर्षहरूमा यसका बिरामीहरू तीव्र रूपमा बढेको जानकारी दिनुभयो। उहाँले बाथरोगलाई धेरैजसोले केवल ‘युरिक एसिड’ वा सामान्य जोर्नी दुख्ने समस्यालाई समयमा उपचार गर्न आग्रह गर्नुभयो।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले प्रत्येक वर्ष १२ अक्टोबरमा विविध कार्यक्रमका साथ यो दिवस विश्वभर मनाउँदै आएको छ ।

उक्त समाजले आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्र जावलाखेलको प्राविधिक सहयोगमा विभिन्न समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्