ज्योति विकास बैंक र नेपाल शैक्षिक परामर्शसंघ (इक्यान) बीच सहकार्य
काठमाडौं, चैत ९ । ज्योति विकास बैंक र नेपाल शैक्षिक परामर्शसंघ (इक्यान)बीच सहकार्य भएकोछ।
इक्यानमा आबद्ध व्यवसायी र इक्यान सदस्यहरुलाई बिना धितो सहुलियत पूर्णकर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने सम्बन्धमा दुईपक्षबीच सम्झौता भएकोहो।
नेपाल शैक्षिक परामर्श संघ नेपालको सबै भन्दा ठुलो गुणस्तरिय वैदेशिक शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरुको छाता संगठन हो।
आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र नेपाल शैक्षिक परामर्श संघकातर्फबाट इक्यानका अध्यक्ष प्रकाश पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएकोथियो।
सम्झौता अनुसार बैंकले इक्यानमा आबद्ध व्यवसायी र इक्यान सदस्यहरुलाई विशेष छुटमा प्रोफेसनल लोन र१५ लाख रुपैयाँसम्मको बिना धितो सहुलियत पूर्णकर्जा उपलब्ध गराउनेछ।यस सम्झौता पश्चात नेपाल शैक्षिक परामर्शसंघ(इक्यान)मा आबद्ध व्यवसायी र इक्यान सदस्यहरुलाई ज्योतिविकास बैंकको कर्जा सेवाले थप सहजता प्रदान गर्नेछ।
हालसम्म बैंकले ३लाख भन्दा बढि खाताबाट करिब रु. ४६अर्ब निक्षेप संकलन गरी २३हजार भन्दा बढि ऋणीलाई करिब रु. ३९ अर्बल गानी गर्न सफल भएकोछ।
प्रतिक्रिया दिनुहोस्