नेप्सेमा २४ अंकको गिरावट, कारोवार कति ?

काठमाडौं , चैत ९ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्सेमा पुन गिरावट आएको छ । साताको दोस्रो कारोवार दिन सोमबार नेप्से २४ दसमलव आठ अंकले घटेर २५ सय १४ दसमलव ३९ बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ७९ अंकले घटेर चार सय ४८ दसमलव ८० बिन्दुमा झरेको छ ।

दुई सय ११ वटा कम्पनीहरुको ६१ हजार चार सय ८८ वटा कारोवारमा एक करोड नौ लाख ३१ हजार तीन सय ५८ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम पाँच अर्ब ३५ करोड १३ लाख ५३ हजार छ सय २५ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार भएकोमा होटल तथा पर्यटन र जलबिद्युत समुहको सुचक सामान्य अंकले बढेपनि बाँकी समुहको सुचक भने उच्च बिन्दुले घटेकाछन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक २१ दसमलव ४८ अंकले घटेर १७ सय ६७ दसमलव २९ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ८३ दसमलव ५८ अंकले घटेर १२ हजार छ सय सात दसमलव ४२ बिन्दुमा झरेको छ ।

यसैगरी बिकास बैक, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि टेकाछन् । आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको अपरतामाकोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर सात सय २६ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य चार दसमलव ७१ प्रतिसतले घटेर सात सय ६८ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको अपर तामाकोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सात सय २६ रुपैयााँ अन्तिम मुल्यमा ४६ करोडग ९६ लाख ८९ हजार आठ सय ७६ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्