शेयर बजारमा उल्लास: १० कम्पनीको मूल्यमा सर्किट

काठमाडौं, चैत ८ । साताको पहिलो दिन आइतवार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०को कारोबारमा उत्साहप्रद बृद्धि देखिएको छ ।

आज सेयर बजारको परिसूचक नेप्से ६३ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचकले २५ सय अंक पार गरेको छ। यस दिनको कारोबारपछि नेप्से २५३८ अंकमा कायम भएको छ। यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ। ५ अर्ब ९१ करोड रुपैयाँको सेयर किनबेच भयो।

सबै समूहहरु बढेका छन्। बैंकिङ २६, ब्यापार १३, जलविद्युत तथा पर्यटन १५३, विकास बैंक ४६, जलविद्युत १३, फाइनान्स ६, निर्जीवन बीमा ५६१, उत्पादन १७२, अन्य ५७, माइक्रोफाइनान्स २४६, जीवन बीमा ७४२ र लगानी समूह १ अंकले बढेका छन्।

यस दिन खासगरी माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले धेरै मूल्य कमाएका छन्। सूर्योदय, स्वरोजगार, मिथिला, सामुदायिक, समिट, किसान, स्वाभिमान लघुवित्तको मूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै चन्द्रागिरि हिल्स र युनाइटेड इदी मर्दीको मूल्य पनि १० प्रतिशतले नै बढेको छ। ग्रीन लाइफ हाइड्रोको मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ।

नेपाल बंगलादेश बैंकको सबैभन्दा धेरै ३९ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भयो भने मूल्य प्रतिकित्ता ६ रुपैयाँ बढेर ३५५ रुपैयाँ कायम भयो। नेपाल लाइफ इन्स्योरेन्सको ३१ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य बढेर प्रतिकित्ता २२२० रुपैयाँ कायम भयो।

नेप्सेका अनुसार आज कारोबार भएका १० कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि भएका कारण सर्किट ब्रेक लागेको छ । जसमा १० प्रतिशतको परिवर्तनसहित मिथिला लघुवित्त वित्तिय संस्था, स्वरोजगार लघुवित्त विकास बैंक र सूर्योदय लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेका छन्

प्रतिक्रिया दिनुहोस्