सिभिल बैंकले सातै प्रदेशमा विविध वित्तिय साक्षरता कार्यक्रमको आयोजना गर्दै“ग्लोबल मनीविक”मनाउने

काठमाडौं, चैत ८ । “समृद्धिको लागि सिभिल बैंक”भन्ने नारा बोकी अगाडी बढी रहेको सिभिल बैंकले “ग्लोबल मनीविक”को उपलक्ष्यमा विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना गर्दै मनाउँदै छ।

बैंकले “ग्लोबल मनीविक”को सात दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतनामुलक विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना निम्नानुसार हुने कुरा बैंकले जनाएको छ।

जस अनुसार चैत्र ९ गते : प्रदेश नं १ मा अर्किडकलेज, बिराटनगरमा वित्तिय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यू आर कोड मार्फत भाडा भुक्तानीको थालनी

चैत्र १०गते : प्रदेश नं २ मा जनकपुरमा वित्तिय साक्षरताका र्यक्रम तथा खुद्रा ब्यापारीहरुमा क्यू आरको डमार्फत भुक्तानीको थालनी

चैत्र ११गते : बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तिय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यू आर कोड मार्फत भाडा भुक्तानीको थालनी

चैत्र १२ गते : गण्डकी प्रदेशको बेगनास ताल डुंगा ब्यबसायी संघमा वित्तिय साक्षरता कार्यक्रम

चैत्र १३ गते : लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम, तुलसीपुरमा वित्तिय साक्षरता कार्यक्रम

चैत्र १४गते : कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा वित्तिय साक्षरता कार्यक्रम

चैत्र १५ गते : सुदुर पश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा र भजनीमा वित्तिय साक्षरता कार्यक्रम

यी वित्तिय साक्षरता कार्यक्रमहरुमा बैंकले अहिलेको डिजिटल युगमा विभिन्न विद्युतिय कारोवारका माध्यमहरुका फाइदाहरुका बारेमा श्रब्य दृश्य सामाग्री सहितको प्रस्तुति गरीने पनि बैंकले जनाएको छ।

साथै बैंकले आफ्नो सामाजिक संजाल मार्पmत सात प्रमुख विद्युतियमाध्यमहरु (मोवाइलएप, क्यू आर कोड, एटिएम, ईन्टरनेट बैंकिंग,कनेक्ट आइपियस, पिओयस र डिजिटल वालेट)को बारेमा चेतनामुलक सामाग्रीहरुको प्रशारण गर्ने योजना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्