पायल्स भएको छ ? अब अपनाउनुस् यस्ता घरेलु उपायहरु !
काठमाडौं, चैत ६ । पछिल्लो समय व्यस्त जीवनशैली, खानपानमा ध्यान नदिनाले पायल्स रोग दिनप्रतिदिन बढ्दै गएको छ । पायल्स रोग मलद्धारसँग सम्बन्धीत रोग हो । जसका कारण मानिसहरु खुलेर कुरा गर्न चाहदैंनन् ।
पछिल्लो समय यो समस्या आम समस्या बनेको छ । बाहिरको खान पानले गर्दा पनि पायल्स हुनेगर्दछ । पायल्स हुँदा दिसा गर्न गाह्रो हुने, मलद्धारमा मासु पलाउने, चिलाउने, दुख्ने, दिसामा रगत आउने हुन्छ । आज हामी यस रोगबाट कसरी बच्ने भन्ने विषयमा घरेलु उपायका बारेमा चर्चा गर्न गइरहेकाछौं ।
यस्ता छन् पायल्स रोगबाट बच्ने घरेलु उपायहरु
-आँपको कोयाको गुदीको चुर्ण महसँग मिसाएर खाने ।
-अलिभको तेल लगाउने ।
-मूलाको रस बिहान बेलुका खाने ।
-प्रशस्त मात्रामा पानी पिउने ।
-हरियो सागपात काँचै खाने, फलफूलको जुस, फलफूल खाने ।
-फाइबर युक्त खानेकुरा खाने ।
-घ्यू कुमारीको गुदी लगाउने ।
-दुबोको रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसँग खाने ।
-नियमित रुपमा व्यायाम वा योग गर्ने ।
-धुम्रपान तथा मद्यपानको सेवन नगर्ने ।
प्रतिक्रिया दिनुहोस्