नेप्से २४ सय ७५ दसमलव नौ अंकमा, सातामा २० अर्ब ६१ करोडको सेयर किनबेच

काठमाडौ , चैत ६ । यो साता नेप्से २४ सय ७५ दसमलव नौ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय ४४ दसमलव १५ अंकमा पुगेको छ ।

यो साता दुई सय १६ वटा कम्पनीहरुको दुई लाख ६२ हजार दुई सय ६१ पटकको कारोवारमा चार करोड ८८ लाख पाँच हजार सात सय २८ कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम २० अर्ब ६१ करोड ३१ लाख ८९ हजार नौ सय ६५ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा बढी हो ।

गत साता भने नेप्सेमा दुई सय ११ वटा कम्पनीहरुको एक लाख ५३ हजार पाँच सय नौ पटकको कारोवारमा तीन करोड २० लाख ७८ हजार एक सय २२ कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम १३ अर्ब ८५ करोड ८५ लाख ८० हजार नौ सय ६४ रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच कार्य दिन नै खुल्ला हुंदा पहिलो र दोस्रो कार्य दिन नेप्से घटेको थियो भने तेस्रो, चौंथो र पाँचौं दिन भने नेप्से बढेको थियो ।

सो मध्ये पहिलो दिन नेप्से ५१ दसमलव २३ अंकले घटेर २४ सय सात दसमलव २५ अंकमा झर्दा सेन्सिटिभ पनि १० दसमलव एक अंकले घटेर चार सय ३५ दसमलव १३ अंकमा झरेको थियो । दोस्रो दिन पनि नेप्से १८ दसमलव सात अंकले घटेर २३ सय ८९ दसमलव १९ अंकमा झर्दा सेन्सिटिभ पनि पाँच दसमलव सात अंकले घटेर चार सय ३० दसमलव पाँच अंकमा झरेको थियो ।

तेस्रो दिन भने नेप्से दुई दसमलव ५६ अंकले बढेर दुई हजार तीन सय ९१ दसमलव ७४ अंकमा चढेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ४४ अंकले बढेर चार सय ३० दसमलव ४९ अंकमा पुगेको थियो । चौथो दिन पनि नेप्से ४० दसमलव चार अंकले बढेर दुई हजार चार सय ३२ दसमलव १४ अंकमा पुगेकोमा सेन्सिटिभ पनि आठ दसमलव ११ अंकले बढेर चार सय ३८ दसमलव ६० अंकमा चढेको थियो ।

पाँचौं दिन पनि नेप्से ४२ दसमलव ९५ अंकले बढेर दुई हजार चार सय ७५ दसमलव नौ अंकमा चढेकोमा सेन्सिटिभ पनि पाँच दसमलव ५५ अंकले बढेर चार सय ४४ दसमलव १५ अंकमा पुगेको थियो । यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अपर तामाकोशी हाईड्रो पावर कम्पनी, नेपाल टेलिकम आदि परेकाछन भने सेयर कारोवार भएको संख्याको आधारमा पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अपर तामाकोशी हाईड्रो पावर कम्पनी आदि अगाडि परेकाछन ।

पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक आदि अगाडि परेकाछन ।

सेयर सुचीकरणतर्फ भने यो साता ग्रिन लाईफ हाईड्रो पावर कम्पनी, हिमालयन बैक, ग्लोवल आईएमई बैंक, लुम्बिनी बिकास बैक, नेपाल सेवा लघुबित्त बित्तीय संस्था, महिला सहयात्रा लघुबित्त बित्तीय संस्था, नेपाल बंगलादेश बैक, सेञ्चुरी कर्मसियल बैंक सहितका कम्पनीहरुको बोनस तथा हकप्रद सेयर सुचीकृत भएकाछन ।

प्रतिक्रिया दिनुहोस्