४३ अंकले बढ्यो सेयर बजार, कारोबार रकममा पनि सुधार

काठमाडौं, चैत ५ । हप्ताको अन्तिम दिन बिहीवार शेयर बजार परिसूचक नेप्से बढेको छ ।

साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से ४२ दसमलव ९५ अंकले बढेर २४ सय ७५ दसमलव नौ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव ५५ अंकले बढेर चार सय ४४ दसमलव १५ बिन्दुमा पुगेको छ । आज दुई सय १३ वटा कम्पनीहरुको ५७ हजार सात सय ४२ वटा कारोवारमा एक करोड १६ लाख ५७ हजार नौ सय ७५ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर किनबेच हुंदा कारोवार रकम चार अर्ब ६६ करोड १७ लाख ९२ हजार एक सय ८७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकाछन । ति मध्ये ट्रेडिङ समुहको सुचक घटेर बाँकी समुहको सुचक उच्च अंकले बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सचक २६ दसमलव ११ अंकले बढेर १७ सय ६२ दसमलव २४ बिन्दुमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि तीन दसमलव १५ अंकले बढेर २१ सय आठ दसमलव ८३ बिन्दुमा चढेको छ । यसैगरी बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको ग्रिन लाईफ हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर तीन सय ९६ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको जोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ दसमलव ८५ प्रतिसतले घटेर एक सय ३६ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल बंगलादेश बैंकको प्रतिकित्ता तीन सय ४८ रुपैयाँ अन्तिम मुल्यमा ७५ करोड ७४ लाख ५२ हजार पाँच सय ८८ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्