माओवादीनै कर्णालीको समृद्धि गर्न सक्षमः अध्यक्ष प्रचण्ड

काठमार्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले माओवादीले नै कर्णालीको समृद्धि गर्न सक्षम रहेको बताएका छन् ।

जुम्लाको सिँजामा आयोजित जनसभालाई सम्बोधन गर्दै कठिन संघर्षले ६ नं प्रदेशको निर्माण भएको बताउँदै कर्णालीको समृद्धि माओवादीको प्रमुख एजेण्डा रहेको समेत बताए ।

माओवादीबिना देशको समृद्धिको कल्पना गर्न नसकिने दाबी गर्दै उनले आफू नेतृत्वको सरकारले नेपालको ७.५ प्रतिशत आर्थिक वृद्धि गर्नुका साथै संविधानअनुसार मुलुकको संघीयता कार्यान्वयन गरेको समेत जिकिर गरे ।

कर्णालीमा समृद्धि ल्याउनका लागि नाग्म–मुगु सडक, सिँजा सभ्यताको विकास र मुगु गमगढी हुँदै नाक्चेलाग्ना जोड्ने सडक निर्माणमा जोड दिने बताउँदै उनले गरिब, श्रमजीवी नेपालीको आस्थाको धरोहर पार्टी माओवादी केन्द्र ठानेर अहिले प्रवेशको लहर चलेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्