नेप्सेमा हरियाली : ४० अंकले बढ्दा तीन अर्ब ३७ करोडको सेयर किनबेच
काठमाडौं , चैत ४ । लगातार घटेको नेप्सेमा आज बुधबार भने पुरै हरियाली देखिएको छ । नेप्से आज ४० दसमलव चार अंकले बढेर २४ सय ३२ दसमलव १४ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि आठ दसमलव ११ अंकले बढेर चार सय ३८ दसमलव ६० बिन्दुमा चढेको छ ।
आज दुई सय १२ वटा कम्पनीहरुको ४४ हजार छ सय ९७ पटकको कारोवारमा ८६ लाख २६ हजार छ सय ६७ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम तीन अर्ब ३७ करोड ४५ लाख ५२ हजार एक सय ७८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये सबै समुहको सुचक बढ्दा नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दसमलव १५ अंकले बढेर १७ सय ३६ दसमलव १३ बिन्दुमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ३१ दसमलव एक अंकले बढेर २१ सय पाँच दसमलव ६८ बिन्दुमा चढेको छ ।
यसैगरी बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९२ प्रतिसतले बढेर ११ सय ७५ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको ग्रिनलाईफ हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने आठ दसमलव ९५ प्रतिसतले घटेर एक सय ७३ रुपैयाँमा कारोवार भएको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता पाँच सय ३० रुपैयाँ अन्तिम मुल्यमा २० करोड चार लाख ८८ हजार चार सय २३ रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया दिनुहोस्