गर्मीमा कति पिउने पानी ?

काठमाडौं । पानी मानिसको शरीरका लागि जरुरी तत्व हो । शरीरको ७० प्रतिशत भाग नै पानीबाट बनेको हुन्छ । यो कमी भयो भने शरीरबाट विषाक्त पदार्थहरु बाहिर निस्कन पाउँदैंन । यसका अलावा शरीरका लागि जरुरी अक्सिजन पनि प्राप्त हुँदैंन ।

यसैले गर्मी होस् या चिसो, हरेक मौसममा पर्याप्त पानी पिउनु पर्छ । गर्मीको समयमा शरीरमा पानीको कमी हुने समस्या भइरहन्छ । गर्मीमा शरीरको तापमान नियन्त्रित गर्न पसिनाबाट प्रशस्त पानी बाहिर निस्कन्छ । यसैले यो मौसममा पानी अझ बढी आवश्यक हुन्छ । पानीको कमीका कारण मिर्गौलाको समस्या निम्तने सम्भावना हुन्छ । सबैभन्दा बढी समस्याचाहिँ ‘डिहाइड्रेशन’ नै हो ।

पानीको कमीबाट शरीरमा बोसोको मात्रा बढ्ने, पाचन क्रिया कमजोर हुने, शरीरमा विषाक्तता बढ्ने, जोर्नी र मांसपेशीमा पीडा हुने आदि समस्या निम्तन्छन् । यतिमात्र नभई प्रतिदिन व्यायाम गर्ने मानिसको शरीरले पानीको खपत बढी गर्छ । यस्ता मानिसका लागि पानीको कमी हानिकारक हुन सक्छ । यस्तो अवस्थामा तिर्खा नलागे पनि समय–समयमा पानी पिउनुपर्छ । दिनको ८ गिलास पानी पिउने हो भने डिहाइड्रेशनको समस्याबाट सजिलै बँच्न सकिन्छ ।

कतिपय मानिस पानीको साटो सफ्ट ड्रिंक, बियर, कफी, सोडा जस्ता पेयपदार्थ पिउँछन् । तर तरल पदार्थ भएपनि यी चिज स्वास्थ्यका दृष्टिले हानिकारक मानिन्छन् । यी चिज पिउँदा पनि डिहाइड्रेशन हुन सक्छ । डिहाइड्रेशनका कारण व्यक्तिको सोच्ने तथा चिजलाई सन्तुलिन गर्ने क्षमता र रक्तसन्चारआदिमा कमी आउन सक्छ । मदिरा पिउने व्यक्तिलाई पनि डिहाइड्रेशन हुन सक्छ ।

पानी कहिले र कति पिउने ? 

पानी खाना खानु आधा घण्टा अघि या खाना खाएको आधा घण्टापछि पिउनुपर्छ । गर्मीबाट आउनेबित्तिकै पानी पिउँनुहुन्न, केहीबेर आराम गरेपछिमात्र पिउन सकिन्छ । यदि छाति पोल्ने या कब्जियतको समस्या छ भने पानीमा एक चम्चा कागतीको रस मिसाएर पिउन सकिन्छ । खाना खाएलगत्तै पानी पिउनुहुन्न, यसले खाना पचाउन समस्या हुन्छ । बिहान उठ्नेबित्तिकै पानी पिउनु लाभदायी हुन्छ । पानी पर्याप्त पिउनाले पेटको क्यान्सर, मुत्राशयको क्यान्सर तथा स्तन क्यान्सरजस्ता गम्भीर रोगबाट सजिलै बच्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्