सर्वसाधरणको लागि नयाँ नोट २८ भदौबाट

काठमाडौं, १९ भदौ । नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष झै यस वर्ष पनि भदौ २८ गतेवाट सर्वसाधाणका लागि नयाँ नोट साट्नको लागि खुल्ला गरेको छ । सर्वसाधारणले दशैंका लागि राष्ट्र बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि बिकास बैंक विभिन्न शाखावाट नयाँ नोट सटहीको व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ ।

सर्वसाधाणले यी बैंकका शाखाबाट प्रति व्यक्ति २० हजार रुपैयाँ बरावरको ५, १०, २०, ५० र एक सय रुपैयाँ दरका नयाँ तथा सुकिलो नोट सटही गर्न सक्ने छन् । यस्तै, राष्ट्र बैंकको मुद्रा व्यवस्थापन बिभागका सटही काउण्टरवाट सोही दरका प्रति व्यक्ति २७ हजार रुपैयाँ सम्म नयाँ नोट सटही गर्न सक्ने राष्ट बैंकले व्यवस्था गरेको छ । । सर्वसाधाणले प्रत्येक नोट खुद्रा संख्या एक सयको प्याकेटका आधारमा पाउने जनाइएको छ ।

राष्ट्र बैंकले संवैधानिक निकाय, सरकारी कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य संघ संस्था तथा कार्यालयलाई सम्वन्धित निकायको पत्रका आधारमा मुद्रा व्यवस्थापन विभाग थापाथलीको काउण्टरवाट भदौ २१ गतेवाट ३० गतेसम्म नोट सटहीको सुविधा उपलब्ध गराएको जनाएको छ ।

यस्तै, राष्ट्र बैंकका उपत्यका बाहिका शाखा र बैंक मातहत सञ्चालित नोटकोष रहेका वाणिज्य बै।कले पनि भदौ २८ गतेवाट सर्वसाधाणलाई नयाँ नोट सटही सुविधा प्रदान गर्ने राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोट सा६्न सकिने खाशाहरु

नेपाल बैंक–काठमाडौं बैकिङ अफिस न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, किर्तिपुर र भक्तपुर
राष्ट्रिय बाणिज्य बैंक–सिंहदरवार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार र नक्साल
कृषि बिकास बैंक–गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार

प्रतिक्रिया दिनुहोस्