राष्ट्रिय पञ्जिकरण विभागको वेबसाइट ह्याक
काठमाडौं,२ मंसिर । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले वेबसाइट ह्याक भएको पुष्टि गरे । ‘साइट ह्याक भएको छ । अहिले रिकभर गर्ने काम भइरहेको छ, काफ्लेले भने ।
अहिले उक्त साइट खुल्दैन । कसले कहाँबाट ह्याक गर्यो भन्ने अनुसन्धानकै क्रममा रहेको प्रवक्ता काफ्लेले बताए ।
हालै निर्वाचन आयोगले मतदाता नामावली संकलनको क्रममा राष्ट्रिय परिचयपत्रको विवरणसँग जोडिएको थियो ।
तर ह्याक भएको यो साइटमा भने राष्ट्रिय परिचयपत्रका कुनै पनि विवरणहरु नभएको कर्मचारीहरुले बताएका छन् । यो नर्मल वेबसाइट हो यहाँ यहाँ रहेका सामान्य डकुमेन्टहरु भने सुरक्षित छन् ।















प्रतिक्रिया दिनुहोस्