नेप्सेमा सामान्य करेक्सन, कारोवार रकम तीन अर्ब ३७ करोडमा सिमित

काठमाडौ , चैत ३ । नेप्सेमा सामान्य करेक्सन देखिएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से आज मंगलबार भने दुई दसमलव ५६ अंकले बढेर २३ सय ९१ दसमलव ७४ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ४४ अंकले बढेर चार सय ३० दसमलव ४९ बिन्दुमा चढेको छ ।

दुई सय १६ वटा कम्पनीहरुको ४६ हजार पाँच सय ४० पटकको कारोवारमा ९० लाख १२ हजार आठ सय ५३ कित्ता सेयर किनबेच हुंदा आज कुल कारोवार रकम तीन अर्ब ३७ करोड ५६ लाख ९९ हजार तीन सय ३९ रुपैयाँ पुगेको छ ।

आज १४ वटा समुहको कारोवार हुंदा सात वटा समुहले कमाएकाछन भने सात वटा समुहले गुमाएकाछन । ति मध्ये कमाउने समुहमा परेको बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ६७ अंकले बढेर १७ सय १६ दसमलव ९८ बिन्दुमा चढेकोमा होटल तथा पर्यटन, लघुबित्त, जीवन बीमा, फाईनान्स, उत्पादनमुलक र लगानी समुहको सुचक पनि बढेकाछन ।

निर्जिवन बीमा समुहको सुचक भने आज ६२ दसमलव छ अंकले घटेर ११ हजार आठ सय १३ दसमालव ७० अंकमा पुगेकोमा बिकास बैंक, जलबिद्युत,ट्रेडिङ, अन्य र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९८ प्रतिसतले बढेर एक हजार ६९ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा राष्ट्रिय बीमा कम्पनीको प्रतिकित्ता सेयर मुल्य आठ दसमलव ८१ प्रतिसतले घटेर १४ हजार एक सय रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १९ सय ९७ रुपैयाँ अन्तिम मुल्यमा १९ करोड ३८ लाख ७९ हजार आठ सय ८४ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्