ग्लोबल आइएमई बैंकको रोल्पामा २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा
काठमाडौं , चैत ३ । ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पाको घोडागाँउ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरि सञ्चालनमा ल्याएको छ ।
बैंकले रोल्पा जिल्लाको सुनिलस्मृति गाँउपालिका वडा नं. १, घोडागाँउ र वडा नं. ८, अरेस बजारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएका छन् । घोडागाँउमा खोलिएको सेवाको लागि मधु के.सी. र अरेस बजारमा खोलिएको सेवाको लागि दिपेन्द्र पुन मगरलाई प्रतिनिधि नियुक्त गरिएको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्ने बैंकले जनाएको छ । यी २ शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्