महिला लघुवित्तको आईपीओ सूचीकृत

काठमाडौं , चैत २ । महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमवार नेपाल स्टक एक्सचेञ्ज९नेप्से० मा सूचीकृत भएको छ ।

कम्पनीको १० लाख कित्ता आईपीओ सूचीकृत भएको हो । अव कम्पनीको शेयर मंगलवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. ३१३ दशमलव १६ देखि ९३९ दशमलव ४८ ओपन रेञ्ज तोकेको छ ।

नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनी र नेपाल स्टक एक्सचेञ्ज बीच सोमावर नै सूचिकरण सम्झौता भएको छ । कम्पनीले आरटिएस सम्बन्धी सेवा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडबाट हुने बताएको छ ।

कम्पनीले माघ २८ गतेदेखि फागुन २ गतेसम्म ४ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीले ५ हजार कित्ता कर्मचारीको लागि,२० हजार कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको ३ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।

कम्पनीको आईपीओ ३७ हजार ५०० जनाले गोलाप्रथाद्धारा १० कित्ताका दरले पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्