नेप्सेको ओरालोतिर: १८ अंकले घट्दा चार अर्ब २४ करोडको खरिद बिक्री
काठमाडौं चैत २ । नेप्सेको ओरालो यात्राले आज सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज पनि १८ दसमलव सात अंकले घटेर २३ सय ८९ दसमलव १९ बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव सात अंकले घटेर चार सय ३० दसमलव पाँच बिन्दुमा झरेको छ ।
दुई सय १२ वटा कम्पनीहरुको ५२ हजार तीन सय नौ पटकको कारोवारमा ९६ लाख चार हजार पाँच सय २९ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर किनबेच हुंदा कुल कारोवार रकम चार अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँ पुगेको छ ।
नेप्सेमा १३ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको सुचक बढेको छ भने आठ वटा समुहको सुचक घटेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दसमलव ४१ अंकले घटेर १७ सय १३ दसमलव ३१ बिन्दुमा झर्दा बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, अन्य र लघुुबित्त समुहको सुचकहरु पनि घटेकाछन ।
होटल ट्रेडिङ समुहको सुचक भने आज ५५ दसमलव एक अंकले बढेर ३७ सय ८१ दसमलव ५४ बिन्दुमा चढेकोमा होटल तथा पर्यटन, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेकाछन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९५ प्रतिसतले बढेर नौ सय ७२ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको हिमालयन पावर पार्टनरको प्रतिकित्ता सेयर मुल्य छ दसमलव २५ प्रतिसतले घटेर चार सय २० रुपैयाँमा कारोवार भएको छ ।
यसैगरीरकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता पाँच सय ३७ रुपैयाँ अन्तिम मुल्यमा ४३ करोड ४९ लाख ६४ हजार सात सय ६७ रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया दिनुहोस्