विप्लव माओवादीले माग्यो स्थानीय जनप्रतिनिधीको राजिनामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले जिल्लाका ९ वटै स्थानीय तहका जनप्रतिनिधिको राजीनामा माग गरेको छ ।

जिल्ला जनपरिषद् प्रमुख विशाखर जैसीद्वारा हस्ताक्षरित पत्रमा कथित संसदीय चुनावमा उम्मेदवार नहुन गरिएको अपिललाई उल्लंघन गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल राजीनामा दिन भनिएको छ ।

फागुन ३ गते विप्लव नेतृत्वको जनपरिषद्ले कालिकोटको सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यसमेतलाई छुट्टाछुट्टै पत्र बुझाएका थिए । ‘कसैले राजीनामा दे भन्देमा दिने कुरा हुँदैन,’ रास्कोट नगर प्रमुख काशीचन्द्र बरालले भने, ‘जनताले नै मागे छन् भने मात्र दिउँला ।’

जिल्ला समन्वय समितिका पदाधिकारीको पनि राजीनामा मागिएको सुने पनि आफूले पत्र नपाएको प्रमुख अनिपाल शाहीले बताए । आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्