आयल निगम भन्छ- पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा हाम्रो भूमिका हुँदैन
काठमाडौं, फागुन २८ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिमा आफ्नो भूमिका नहुने स्पष्ट पारेको छ ।
निगमका प्रवन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोल, डिजेल लगायतको पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठुलो भूमिका नहुने बताएका हुन् । आयल निगमले बिक्री गर्ने तेलको मुल्य निर्धारण श्रोतमा हुने मुल्यको घटबढले निर्धारण गर्ने स्पष्ट पारे ।
डलरको रेट, क्रुड आयलमा बढ्ने रेट र ढुवानीको खर्चले पेट्रोलियम पदार्थको मुल्यलाई घटबड गराउने उनको भनाइ छ । बाहिर समाचारमा आए जस्तो निगमको आन्तरिक खर्च र व्यवस्थापनको खर्च धान्ने विषय मूल्यसँग नजोडिने बताए ।
आयल निगमको खर्च धान्नका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने अवस्था नरहेको पनि उनले बताए । प्राकृतिक हिसाबले मूल्य घटबढ हुने भएकाले मूल्य बढ्दा बढाउनु पर्ने र घट्दा घटाउनु पर्ने उनको भनाइ छ ।
आयल निगमले मूल्यवृद्धि हुँदा पनि कम मात्रै बढाएर विक्रि गरेको पनि उनले बताए । मूल्यवृद्धि लामो समयसम्म रहे ठूलै लेभलको मूल्य समायोजन गर्नुपर्ने अवस्था आउनसक्ने उनको भनाइ छ ।
हाल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ सय १६ रुपैँयाँ, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९९ रुपैँयाँ र खाना पकाउने एलपी ग्याँसको मूल्य १४ सय रुपैँयाँ कायम गरेको छ ।
प्रतिक्रिया दिनुहोस्