कुमारी बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

काठमाडौं , फागुन २७ । कुमारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले चैत १ गतेदेखि लागूहुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको उक्त विवरणका अनुसार बचतको ब्याज दर यथावत राखेको छ । बैंकले साधारण निक्षेप अर्थात बचतमा न्यूनतम २ देखि ४ प्रतिशत ब्याज ब्याज दिइरहेको छ ।

त्यस्तै बैंकले मुद्दती निक्षेपको ब्याज दर वृद्धि गरेको छ। चैत १ गतेदेखि लागू हुने गरी बैंकले मुद्दतीको ब्याज दर बढाएको हो।

बैंकले तीन महिनादेखि एक वर्षसम्म अवधिको मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । अहिले बैंकले मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याज दिइरहेकोमा छ ।

सोही ब्याजदरलाई आधा प्रतिशत बिन्दुले बढाएको हो। ६ प्रतिशतको ब्याजलाई बैंकले साढे ६ प्रतिशत पुर्‍याएको हो। यो व्यक्तिगत मुद्दतीकर्तालाई दिने ब्याज हो।

संस्थागत निक्षेपकर्ताको ब्याज भने राम्रै बढाएको छ। यसअघि ३ महिनादेखि ६ महिनासम्मको ब्याज ४।७५ प्रतिशत, ६ महिनादेखि एक वर्षसम्म ५।२५ प्रतिशत, पाँच वर्षसम्मकोमा ६।७५ प्रतिशतसम्म ब्याज थियो।

अब बैंकले तीन महिनाभन्दा माथिका सम्पूर्ण संस्थागत मुद्दती निक्षेपको ब्याज ७ प्रतिशत पुर्‍याएको छ। त्यस्तै, कर्जाको ब्याजदर भने परिर्वतन गरिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्