हिमालयन बैंकले गर्यो पाटन दरबार क्षेत्रको मन्दिर पुनःस्थापनाका लागि आर्थिक सहयोग

काठमाडौँ , फागुन २६ । हिमालयन बैंकले पाटन दरवार क्षेत्रमा रहेका मन्दिरहरुको पुनःस्थापनाका लागि काठमाडौँ भ्याली ट्रस्टलाई १ करोड प्रदान गरेको छ ।

बैंकका संचालक समितिका अध्यक्ष तुलसी प्रसाद गौतमले ट्रस्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रिहित कुमार रंजितकारलाई केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त चेक हस्तान्तरण गरेका छन् ।

बैंकले स्थापना काल देखिने स्वास्थ्य ,शिक्षा, प्राकृतिक विपत्तिमा परेकाहरु,सस्कृतिक सम्पदाहरुको संरक्षणरपुनस्थापना वित्तीय साक्षरता,वातावरण संरक्षण,जनचेतना,आदि जस्ता क्षेत्रम सहयोग प्रदान गर्दै आइरहेको छ । बैंकको उक्त सहयोग रकमले मन्दिरहरुको पुनःस्थापनामा ठुलो टेवा पुगने भएको छ ।

प्रतिक्रिया दिनुहोस्