ज्योति लाइफको आईपीओमा नयाँ रेकर्ड : हालसम्मकै धेरै आवेदन
काठमाडौं , फागुन २६ । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा हालसम्मकै धेरै आवेदन परेको छ । इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) खरिदका लागि १८ लाख २ हजार जनाले आवेदन दिएका छन् ।
आवेदन दिने अन्तिम दिन बुधबार साँझ ५ बजेसम्म नयाँ रेकर्ड कायम गर्दै १८ लाख २ हजार जनाले आवेदन दिएको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।
आईपीओ खरिदका लागि आवेदन दिने यो संख्या हालसम्मकै धेरै हो । यस अघि महिला लाइफको आइपीओमा सर्वाधिक बढि आवेदन परेको थियो । तर यसको रेकर्ड तोड्दै ज्योति लाइफको आइपीओमा तोडिएको छ ।
कम्पनीले फागुन २१ गतेदेखि १ सय अंकित दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्कासन गरेको थियो । जसमा ३ लाख ३३ हजार कित्ता सामूहिक लगानी कोष, ३ लाख ३३ हजार कित्ता कर्मचारी र बाँकी रहेको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणका लागि छुट्याएको हो ।
न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन पाउने ब्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्