अब करदाता सेवा कार्यालय विराटचोकमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं, फागुन २६ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले मोरङ जिल्ला, सुन्दरहरैचा नगरपालिका वडा नं ९, करदाता सेवा कार्यालय, विराटचोकमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन आन्तरिक राजश्व कार्यालय बिराटनगरका प्रमुख बिमल सापकोटाले गर्नु भएको छ ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ बिराटचोकका अध्यक्ष कृष्ण रिजाल, करदाता सेवा कार्यालय बिराटचोकका प्रमुख नेत्र घिमिरे, सिभिल बैंकक डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग बिभागका प्रमुख भोला बहादूर बिष्ट, सिभिल बैंक प्रदेश नं १ का प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यत्ति mतथा सर्वसाधरणको वाक्लो उपस्थितिथियो ।

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरीक राजश्व विभागसंग सम्वन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलै संग गर्न सक्नेछन ।

पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकको यस एक्सटेन्सन काउन्टर सहित७ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ जसमध्ये ४ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलनगर्न स्थापित गरिएको हो ।

साथै बंैकको हालसम्म८९ एटियम रहेका छन् । बैंकले हालसम्मकरीव रु. ८१ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ७४अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

प्रतिक्रिया दिनुहोस्